Share on:

नेपालले आज जापानसँग खेल्दै
October 10th, 2025

काठमाडौं। टी-२० विश्वकप एसिया ईएपी छनोट अन्तर्गत नेपालले आज जापानसँग खेल्दै छ। 


खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजेदेखि सुरु हुनेछ।


दुवै टिम सुपर सिक्स पुगिसकेका छन् त्यसैले आज जितमा प्राप्त हुने अंक सुपर सिक्समा जोडिनेछ।


नेपालले आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ तथा जापानले पनि कुवेतलाई ५ विकेट पराजित गरेको थियो। नेपाल दुई अंकका साथ समूह ‘बी’ को शीर्ष स्थानमा छ।


Swadesh Maharjan | October 10th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya