Share on:

दोस्रोपटक क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड
July 20th, 2025

काठमाडौं। लगातार दोस्रोपटक नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली क्षेत्रको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड प्राप्त गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गत जेठमा आइसीसी डेभलपमेन्ट अवार्डको सूची सार्वजनिक गरेको थियो। नेपालसँगै यस विधामा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा र इएपी रिजनबाट इन्डोनेसिया विजयी भएका थियो।

नेपालले लगातार दोस्रो वर्ष यो अवार्ड जितेको हो। आइसीसीको वार्षिक कन्फरेन्समा शनिबार अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले उक्त अवार्ड ग्रहण गरेका हुन्।


Swadesh Maharjan | July 20th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya