Share on:

बायर्नको शतप्रतिशत प्रदर्शन कायम
November 2nd, 2025

आफ्ना केही प्रमुख खेलाडीलाई आराम दिएको भएता पनि बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा बायर लेभरकुजनलाई शनिबार राति सजिलै ३–० ले पराजित गरेको छ । युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्न अगाडि बायर्नले ह्यारी केनलाई खेलाएको थिएन्।


एलिनाज एरिनामा भएको खेलमा बायर्नका लागि सर्गे जियानब्रे र निकोलस ज्याक्सनले गोल गरे । अर्को गोल आत्मघाती रह्यो । बायर्नको यो लगातार नवौं जित हो । शतप्रतिशत प्रदर्शनको क्रममा उसको २७ अंक भएको छ र फेरि एकपल्ट सजिलै लिग जित्ने छाँट देखाएको छ ।


बायर्नको पछाडि दोस्रो स्थानमा आरबी लाइपजिग छ र उसको नौ खेलबाट २२ अंक छ । लाइपजिगले भने स्टुटगार्टलाई ३–१ ले हरायो । यो जितसँगै उसले बोरुसिया डर्टमुन्डलाई उछिनेर दोस्रो स्थानमा उक्लेको हो । डर्टमुन्ड भने २० अंकमा रहेको छ ।


Swadesh Maharjan | November 2nd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya