Share on:

डाना कपमा सहभागी हुन काष्ठमण्डप र लुम्बिनीको टोली डेनमार्क जाँदै
July 20th, 2025

काठमाडौं । युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागिता जनाउने काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीकाे

टोली शनिबार डेनमार्क प्रस्थान गर्ने भएको छ ।

काष्ठमण्डले यु-१४ तथा लुम्बिनीले यु-१६ समूहमा प्रतिस्पर्धा गर्नेछन् । 

टोली २० खेलाडी र तीन अफिसियल गरि २३ सदस्यीय छ ।

काष्ठमण्डपकाे प्रशिक्षकमा सन्तोष न्यौपाने छन् । यसैगरी लुम्बिनीकाे प्रशिक्षण जिम्मेवारी विजय महर्जनले सम्हाल्नेछन् ।

युरोपियन फुटबल महासंघको मान्यता प्राप्त डाना कपमा यसमा ७० भन्दाबढी देशका १ हजार भन्दाबढी युवा टोलीले सहभागिता जनाउने बताइएको छ ।

डाना कप सन् १९८२ देखि सुरु भएको हो ।


Swadesh Maharjan | July 20th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya