
हल सिटीले च्याम्पियनसिप प्ले अफ फाइनलमा शनिबार मिडल्सब्रोलाई १–० ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगमा उक्लेको छ । वेम्लीमा भएको खेलमा ओलि म्याकब्रनीले दोस्रो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे ।
साउथह्याम्पटनमाथि आफ्ना प्रतिद्वन्द्वी टिमको जासुसी गरेको आरोपमा च्याम्पियनसिप प्ले अफ फाइनलबाट निस्कासित गरिएको थियो । हललेउनकै स्थानमा अहिले निर्णायक खेल खेलेको हो ।
सन् २०१७ यता हल सिटीले अब इंग्लिस फुटबलको माथिल्लो डिभिजन खेल्नेछ । च्याम्पियनसिप प्ले अफ फाइनललाई विश्व फुटबलकै सबैभन्दा महँगो खेल मानिन्छ र यो खेल जित्नेले कम्तीमा २६ करोड डलर भन्दा बढी कमाउन गर्छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]