
जर्मन बुंडेसलिगामा ह्यारी केनको उत्कृष्ट लय शनिबार पनि कायम रह्यो र उनको ह्याट्रिकको मदतले बायर्न म्युनिकले स्टुटगार्टलाई सजिलै ५–० ले हरायो ।
सब्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका केनले ६६, ८२ र ८८ औं मिनेटमा गोल गरे । त्यसमध्ये दोस्रो गोल पेनाल्टीबाट सम्भव भएको हो । उनले यो सिजन सबै खाले प्रतियोयिगतामा २८ गोल गरिसकेका छन् ।
त्यसमध्ये १७ गोल लिगका रहेका छन् । यो जितपछि बायर्नको १३ खेलबाट ३७ अंक भएको छ र यो दोस्रोमा रहेको लाइपजिगमाथि आठ अंकको ठोस अग्रता हो । लाइपजिगले अर्को खेलमा फ्रायन्कफर्टलाई ६–० ले हरायो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]