काठमाडौं । मनाङ मर्स्याङदी क्लब र थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा विजयी हासिल गरेका छन्।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहीबार सम्पन्न दिनको पहिलो खेलमा मनाङले विभागि टोली नेपाल एपिएफ क्लबविरुद्ध २-१ को जित हासिल गरेको छ।
मनाङको जितमा दर्शन अधिकारीले गोल गर्दा एक गोल आत्मधाती उपहार पाएको थियो। एपिएफका लागि सुदीप सुनारले गरेको गोल सान्त्वना बन्यो।
पाँचौं जितसँगै ६ खेलमा १५ अंक जोडेको मनाङ शीर्ष स्थानमा उक्लिएको छ। तेस्रो पराजय ब्यहोरेको एपिएफ समान खेलबाट सात अंक छ।
यस्तै, दिनको दोस्रो खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई २–० ले पराजित गरेको छ।
Comments
No comments yet.
Top Headlines