
सब्टिच्युट खेलाडीको रूपमा मैदानमा प्रवेश गर्दै क्रिस्टियन पुलिसिचले दुई गोल गरेपछि एसी मिलानले इटालीको सिरी ए मा सोमबार टुरिनमाथि ३–२ को पुर्नआगमन जित रचेको छ ।
उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुआती १७ मिनेट भित्र अग्रता लिएको थियो । एडरिन राबोटले २४ मिनेटमा गोल गर्दै मिलानको पुर्नआगमन सुरु गरे ।
त्यसपछि पुलिसिच मिलानका लागि नायक सावित भएका हुन् । मिलानको १४ खेलबाट ३१ अंक भएको छ । नेपोलीको पनि ३१ अंकमै रहेको छ । मिलान गोल अन्तरले अगाडि रहेको हो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]