
काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज मैत्रीपूर्ण फुटबल खेल अन्तर्गत चाइनिज ताइपेइसँग खेल्दैछ। इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे हुनेछ।
चाइनिज ताइपेइ फिफा वरियतामा ४२औं स्थानमा छ भने नेपाल ८९औं स्थानमा छ। यसअघि नेपालले इन्डोनेसियासँगको खेल २-१ ले हारेको थियो। यस्तै इन्डोनेसिया चाइनिज ताइपेइसंग ५-० गोलले पराजित भएको थियो।
नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर सहभागी छैनन्।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]