Share on:

पीएसजी दुई अंकले अगाडि
November 2nd, 2025

फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति निसलाई संघर्ष गर्दै १–० ले हराएको छ र शीर्ष स्थानमा कायम रहेको छ । उसको ११ खेलबाट २४ अंक भएको छ ।


यो दोस्रो स्थानमा रहेको मार्सेमाथि दुई अंकको मात्र अग्रता हो । मोनाको २० अंकमा तेस्रोमा छ र यसपल्ट लिग उपाधिको होड रोमाञ्चक हुने देखिएको छ ।


निसमाथि पीएसजीको यसपल्टको जित भने कठिन रह्यो । खेल गोलरहित बराबरीतर्फ अग्रसर भएको बेला गोन्चालो रामोसले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरे ।


Swadesh Maharjan | November 2nd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya