Share on:

दक्षिण एसियाली देशमध्ये श्रीलंकाको मात्र जित
October 10th, 2025

एसियाकप छनोटको बिहीबार भएका खेलमा दक्षिण एसियाली देशमध्ये श्रीलंकाले मात्र जित हात पारेको छ । अब्दुल्ला अल्मुताइरीको नेतृत्वमा रहेको श्रीलंकाले समूह ‘डी’ मा तुर्किमिनिस्तानालई १–० ले हरायो ।


त्यसमा लियोन परेसाले एक मात्र निर्णायक गोल गरे । श्रीलंकाको तीन खेलबाट छ अंक भएको छ । बलियो तुर्किमिनिस्तान भने समान छ अंकमा शीर्ष स्थानमा छ । थाइल्यान्ड छ अंकमै तेस्रो स्थानमा छ ।


समूह ‘ए’ मा माल्दिभ्स ताजाकिस्तानको हातबाट २–० ले पराजित रह्यो । लेवनानले समूह ‘बी’ मा भुटानलाई २–० ले पराजित गर्‍यो । बंगलादेश भने समूह ‘सी’ मा हङकङसँग सात गोलको रोमाञ्चक खेलमा ४–३ ले पछाडि पर्‍यो ।


समूह ‘सी’ मा भारतले सिंगापुरसँग १–१ को बराबरी खेल्यो भने पाकिस्तान र अफगानिस्तानले समूह ‘ई’ मा गोलरहित बराबरीमा चित्त बुझाए । नेपाल समूह ‘एफ’ मा भियतनामसँग ३–१ ले हारेको थियो ।


Swadesh Maharjan | October 10th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya