Share on:

टोटनहमः मालिको एउटा उद्देश्य, प्रशिक्षकको अर्कै
July 19th, 2025

इंग्लिस प्रिमियर लिगमा गत सिजन टोटनहमको प्रदर्शन कस्तो रह्यो, त्यो सबैलाई थाहा छ । रेलिगेसन क्षेत्रबाट ठ्याक्कै माथि मात्रै थियो, यो उत्तरी लन्डनको क्लब । त्यो भनेको १७ औं स्थानमा । धन्न टोटनहमले युरोपा लिग जित्यो र अबको युरोपेली च्याम्पियन्स खेल्नेछ ।

यसबीच क्लबमा धेरै फेरिए । सबैभन्दा ठूलो त नयाँ प्रशिक्षक आए र उनी हुन्, थामस फ्रान्क । उनको नेतृत्वमा टोटनहमले कस्तो खेल्नेछ, त्यो हेर्न लायक रहनेछ । तर क्लबका मालिक ड्यानिएल लेभीले भने अबकै सिजन नयाँ उद्देश्य बनाएका छन् र त्यो हो, प्रिमियर लिग उपाधि जित्ने ।

यो अलिकति बढी नै भएन त ? त्यसै पनि लेभी आफ्ना समर्थकमाझ खासै लोकप्रिय छैनन् । उनले क्बल राम्रोसँग नचलाएको आरोप पनि छ । यस्तोमा लेभीको त्यो उद्देश्यलाई नयाँ प्रशिक्षक स्वंयले कसरी लिएका छन् त ? फ्रान्क यसलाई नराम्रो केही पनि मान्दैनन्, आखिरमा खेलेपछि उद्देश्य जित्नु नै हुने गर्छ ।

 तर यी डेनिस प्रशिक्षक भन्छन्, ‘मुख्य कुरा क्लब अगाडि बढ्नु पर्छ । टोटनहम जत्तिको क्लबले प्रिमियर लिग जित्ने सपना देख्नु ठीकै हो । तर अबको सिजन लिग उपाधिका लागि हामी पक्कै पनि बलियो प्रत्यासी होइनौं । हाम्रो उद्देश्य बलियो टिम बनाउने र राम्रो प्रदर्शन गर्नु नै हुनेछ ।’


Swadesh Maharjan | July 19th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya