Share on:

भ्यालेन्सियाले रोक्यो भालेकानोलाई बराबरीमा
December 2nd, 2025

स्पेनी ला लिगामा रायो भालेकानो र भ्यालेन्सियाले सोमबार १–१ को बराबरीमा चित्त बुझाएका छन् । दुई मिड टेबल टिमबीचको खेल नतिजापछि भालेकानो १४ खेलबाट १७ अंकमा नवौं स्थानमा रह्यो ।


सेभिया भने समान खेलबाट १६ अंकमा १३ औं स्थानमा छ ।भालेकानोले नोबल मेन्डीको गोलले पहिलो हाफको ३७ औं मिनेटमा अग्रता लिएको थियो ।


स्टाडियो ड भालेकासमा भएको खेलमा घरेलु टिमविरुद्ध भ्यालेन्सियाका लागि डिएगो लोपेजले दोस्रो हाफको ६४ औं मिनेटमा बराबरी गोल फर्काए ।


लिगमा १४ औं चरणका खेल सकिएका छन् र बार्सिलोना ३४ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै रियल म्याड्रिड ३३ अंकमा दोस्रो स्थानमा छ ।


Swadesh Maharjan | December 2nd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya