Share on:

काजल उत्कृष्ट निर्णायक
July 20th, 2025

काठमाडौं, साउन ४ गते ।
तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ वल्र्ड तेक्वान्दो हान्मादाङमा उत्कृष्ट निर्णायक घोषित भएकी छन् ।
अमेरिकाको क्यालिफोर्निया जुलाइ १७ देखि १९ तारिखसम्म भएको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजलले प्रतियोगितामा ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

 प्रतियोगितामा ८० निर्णायकको सहभागिता रहेको बताइएको छ । प्रतियोगितामा ३० राष्ट्रका १ हजार ७ सय खेलाडी सहभागी थिए ।

काजलले यसअघि अस्ट्रेलियन ओपन तथा जापानमा २०२४ र २०२५ मा भएको वाटा ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । २०२५ मा काजल उत्कृष्ट निर्णायक पनि घोषित भएकी थिइन् ।


Swadesh Maharjan | July 20th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya