
नेपालमा सन २०७० सालमा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ राष्ट्रिय खेलकुद परिषद्द्मा विधिवत दर्ता भए देखि निरन्तर यस संघले यस खेल सम्बन्धि विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आइरहेको छ। जस अनुरुप यसपालि पनि ९ औं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता-२०८३ हुन गइरहेको छ । यहाँ सम्म आईपुग्दा विराटनगर, बुटवल, पोखरा र काठमाण्डौमा विभिन्न चरणमा राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता सफलता पुर्वक सम्पन्न भइसकेका छन् ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेलप्रति रुची राख्ने धेरै युवा पुस्ता
बढिरहेको सन्दर्भमा यस खेलको उचित र वैज्ञानिक प्रर्वधनका खातिर यस संघले स्थापना काल देखि नै राष्ट्रव्यापी रुपमा विविध जिल्ला स्तरीय, प्रदेश स्तरीय र राष्ट्रिय स्तरमा कार्यक्रम गर्दै आइरहेको व्यहोरा यहाँहरु समक्ष जानकारी गराउन चाहन्छौं । यमबुद्ध स्केटपार्क पहेंलो पुल,हाँडिगाउ काठमाण्डौमा उल्लेख्य खेलाडी दर्शकको उपस्थितिका विच हुने ९ औं राष्ट्रिय
स्केटबोर्ड प्रतियोगिता-२०८३ मा २५० जना पुरुष र १५० जना महिला प्रतियोगीको सहभागिता रहने छ । उक्त कार्यक्रम शिक्षा तथा खेलकुदमन्त्री, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा भव्यताका साथ सम्पन्न हुने छ ।
जेठ ३० र ३१ गते हुने प्रतियोगितामा ३० गते छनौट चरणको खेल हुनेछ र ३१ गते छनौट भएका खेलाडीहरु बिच प्रतिस्पर्धा हुने छ । काठमाण्डौ महानगरपालिका, पहेंलो पुल, हाँडिगगाउमा रहेको यमबुद्ध स्केटपार्कमा ९औं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता-२०८३ सम्पन्न हुनेछ । स्केटबोर्डिङ खेल अर्न्तगत फ्रि स्टाईल विधामा बेस्ट ट्रिक र बेस्ट रन विधा खेलाईने छ । साथै उक्त प्रतियोगिताबाट स्केटबोर्ड अफ द इयर पनि घोषणा गरिने छ ।
सिनियर पुरुष र सिनियर महिला तर्फ प्रथम हुनेले रु. ३०,०००/- द्वितिय हुनेलाई रु.२०,०००/- र तृतिय हुनेलाई १५,०००/- नगद सहित मेडल तथा प्रमाण-पत्र प्राप्त गर्नेछन् । भने जूनियर पुरुष र जूनियर महिला तर्फ प्रथम हुनेले रु. १५,०००/- द्वितिय हुनेलाई रु.१०,०००/- र तृतिय हुनेलाई ५,०००/- नगद सहित मेडल तथा प्रमाण-पत्र प्राप्त गर्नेछन् ।
९ औं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता-२०८३ आयोजना गर्न लागेको कुरा तपाईहरु समक्ष पेश गर्न पाउँदा हामी अत्यन्त गौरवान्दित महसुश गरिरहेको छौं । तपाइहरुको संचार माध्यमबाट यस समाचारलाई प्रमुखताका साथ प्रकाशन/प्रसारण गरी धेरै भन्दा धेरै स्केट खेलाडीहरु तथा आम नेपाली दाजुभाई दिदिबहिनी समक्ष पुऱ्याइँ यमबुद्ध स्केटपार्कमा उपस्थित हुने वातावरण सिर्जना गरिदिनुहुन्छ भन्ने हामी विश्वस्त छौं ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]