Share on:

माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा
May 24th, 2026

काठमाडौं, माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।


त्रिपुरेश्वरस्थित राखेपकाे कभर्डहलमा आइतबार नेपालले पहिलो सेट २५-१२ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट सुरुआत गरेको थियो। दोस्रो सेटमा पनि नेपालले शानदार प्रदर्शन गर्दै २५-९ को सहज जित निकाल्यो। तेस्रो सेटमा माल्दिभ्सले केही प्रतिस्पर्धा गरे पनि नेपाल २५-२० ले विजयी हुँदै खेल आफ्नो पक्षमा पार्न सफल भयो।


यस जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। समूह चरणमा नेपालले तीन खेलबाट सात अंक जाेडेकाे छ।


Swadesh Maharjan | May 24th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya