LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Basketball Jun 15, 2026 · Swadesh

१०औं राष्ट्रिय महिला बास्केटबल : ट्रेनिङ ग्राउण्ड, बुढानिलकण्ठ, अन्नपूर्ण र आइएसए विजयी

१०औं राष्ट्रिय महिला बास्केटबल : ट्रेनिङ ग्राउण्ड, बुढानिलकण्ठ, अन्नपूर्ण र आइएसए विजयी

काठमाडौं । ट्रेनिङ ग्राउण्ड, बुढानिलकण्ठ नगरपालिका, अन्नपूर्ण र आइएसए नेपालले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपमा सोमबार विजयी सुरुवात गरेको छ । 

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा सोमबार देखि सुरु प्रतियोगिताको पहिलो खेलमा समूह ए मा रहेको ट्रेनिङ ग्राउण्डले लुम्बिनी प्रदेशलाई ८४-२३ को फराकिलो अन्तरले हरायो । 

ट्रेनिङ ग्राउण्डले चारै क्वाटरमा अग्रता लिँदै २४-८२६-६, २२-१,१२-८ को प्रदर्शन गर्‍यो । यस खेलमा रोशनी श्रेष्ठ प्लेअर अफ दी म्याच घोषित भइन् ।

 यस्तै समूह बी कै खेलमा बुढानिकण्ठले प्रतिस्पर्धात्मक ग्राण्डी स्टार्सलाई ५०-३८ ले हरायो । ग्राण्डीले पहिलो क्वाटर १६-१२ र दोस्रो क्वाटर ९-५ ले आफ्नो पक्षमा पार्दा हाफटाइमसम्म २५-१७ को अग्रता बनाएको थियो । तर बुढिनलकण्ठले अन्तिम दुई क्वाटरमा १०-१ र २३-१२ को अग्रता बनाउँदै खेल जितेको हो । यस खेलम राष्ट्रिय टिमकी कप्तान समेत रहेकी अनुसा मल्ल प्लेअर अफ दि म्याच घोषित भइन् । 

समूह ए मा रहेको उपत्यका बाहिरको दुई टोलीबीचको भिडन्तमा अन्नपूर्ण बास्केटबल एसोसिएसनले सुनसरी बास्केटबल एसोसिएसनलाई ४४-३५ ले हरायो । खेलमा अन्नपूर्णले १०-५, १३-५, ५-१०,१६-१५ को प्रदर्शन गर्‍यो । 
अन्नपूर्णकी निबीती शर्मा प्लेअर अफ दि म्याच घोषित भइन् । 

यस्तै समूह ए को प्रतिस्पर्धात्मक खेलमा आइएसए नेपालले लेट्स गो बास्केटबल एकेडेमीलाई ४८-४१ ले हरायो । पहिलो क्वाटर लेट्स गो बास्केटबल एकेडेमीले १८-१२ ले आफ्नो पक्षमा त्यसपछि आइएसए नेपालले पुनरागमन गरेको हो । दोस्रो क्वाटर आइएसए नेपालले ११-६ ले आफ्नो पक्षम पार्दा तेस्रो क्वाटरमा दुवैले १०-१० स्कोर गरेका थिए । तेस्रो क्वाटरसम्म लेट्स गो बास्केटबल एकेडेमी ३४-३३ ले अघि रहेपनि चौथो तथा अन्तिम क्वाटर १५-७ ले आफ्नो पक्षमा पार्दै आइएसएले खेल जितेको हो । 

आइएसएकी मिली लामा तामाङ प्लेअर अफ दि म्याच घोषित भइन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group K
1 Congo DR 1 1
1 Portugal 1 1
3 Colombia 1 1
3 Uzbekistan 1 1
सबै समूह →