← समाचारमा फर्कनुस्
आर्सनल र लिभरपुल लिगकपको चौथो चरणमा

आर्सनल र लिभरपुलले मंगलबार लिगकपको चौथो चरणमा प्रवेश गरेका छन् । आर्सनलले यसका लागि इपस्विच टाउनलाई ४–२ ले पराजित गरेको हो र यसमा म्याक्स डोमनले दुई गोल गरे । लयमा रहेको आर्सनल यो सिजन खेलका सबै छ खेलमा विजयी रहेको छ ।

लिभरपुलले भने टोटनहमलाई ३–१ ले हराउन सफल रह्यो । त्यसमा एलेक्स म्याक एलिस्टर, कोडी गाक्पो र डोमिनिक सबोसलाईले गोल गरे । हारले खराव लयमा रहेको टोटनहमको समस्या अझ गहरिएको छ । टोटनहमले इंग्लिस प्रिमियर लिगमा खराव सुरुआत लिएपछि समस्यामा रहेको हो ।
मंगलबारका अन्य खेलमा ब्रेन्टफोर्डले रिडिङलाई २–१ र फुलहमले वेस्ट ह्यामलाई ३–२ ले पराजित गरेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |