← समाचारमा फर्कनुस्
Football Sep 17, 2026 · Swadesh

शानदार जितपछि बार्सिलोनाको शतप्रतिशत सुरुआत

शानदार जितपछि बार्सिलोनाको शतप्रतिशत सुरुआत

बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई बुधबार छ खेल पुर्‍याएको छ र यसका लािग उसले क्याम्प नुमा भएको खेलमा रेसिङ सान्टेन्डरलाई ७–२ ले पराजित गरेको छ । यो जितपछि बार्सिलोनाको छ खेलबाट १८ अंक भएको छ ।

रियल भने १५ अंकमा दोस्रोमा छ । यस्तै एटलेटिको १३ अंकमा तेस्रो स्थानमा चढ्न सफल भएको छ । एटलेटिकोले अर्को खेलमा ओसासुनालाई ४–० ले हरायो । त्यसमा जोनाथन डेविड, ली काङ–इन, रोबिन लि नोरमन्ड र एलेक्स बाएनाले गोल गरे ।

बार्सिलोनाको जितमा भने आफ्नो खेल जीवनकै सबैभन्दा उत्कृष्ट लयमा राफिन्हाले तीन गोल गर्दै आकर्षक ह्याट्रिक गरे । यस्तै जाओ क्यान्सेलो, ग्याब्रिएल जेसस र लामिन यामलले एक एक गोल थपे । राफिन्हाको यो सिजन सात खेलमा गरेको गोल संख्या ११ पुगेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →