← समाचारमा फर्कनुस्
Football Sep 14, 2026 · Swadesh

बायर्नको सांघुरो जित

बायर्नको सांघुरो जित

बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा आइतबार बढुवा पाएर खेलिरहेको एल्भर्सबर्गलाई २–१ पराजित गरेको छ र यसमा ह्यारी केनले ७२ औं मिनेटमा निर्णायक गोल गरे ।

केनको यो नयाँ सिजनमा पहिलो गोल हो र यससँगै टिम पूरा तीन अंक बटुल्न सफल रह्यो । यो जितपछि बायर्नको तीन खेलबाट सात अंक भएको छ र चौथो स्थानमा छ ।

आरबी लाइपजिले अर्को खेलमा ह्याम्बर्गलाई ५–० ले हरायो ।

फ्रेबर्ग र बोरुसिया डर्टमुन्ड तीन खेलबाट अधिक्तम नौ अंक बटुलेर शीर्ष दुई स्थानमा रहेका छन् । उनीहरूको पछाडि असबर्ग सात अंकमा तेस्रो स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →