LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 16, 2026 · Swadesh

बेल्जियम र इजिप्टलाई एक एक अंक

बेल्जियम र इजिप्टलाई एक एक अंक

बेल्जियमले विश्वकप २०२६ मा मंगलबार इजिप्टलाई १–१ को बराबरीमा रोकेको छ । बेल्जियमले दोस्रो हाफमा बराबरी गोल फर्काएपछि दुवै टिमले एक एक अंकमा चित्त बुझाएको हो । सियाटलमा भएको खेलमा इमाम असोरले गोल गर्दै पहिलो हाफमा इजिप्टलाई अगाडि राखेका थिए।

तर दोस्रो हाफमा मोहम्मद हानीले आत्मघाती गोल गरेपछि बेल्जियमलाई राहत पुगेको हो । यो नतिजाले कीर्तिमान सात पल्टका अफ्रिकी कप अफ नेसन्स विजेता इजिप्टले विश्वकपमा पहिलो जितका लागि अझै पर्खिनु पर्ने भएको छ ।

चौथो पल्ट विश्वकप खेलिरहेको इजिप्टले यसपल्ट समूह जी को खेलमा राम्रो गर्ने विश्वास गरिएको थियो । बेल्जियमले पनि विश्वकपका पछिल्ला तीन संस्करणमा कुनै जित निकाल्न सकेको छैन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group K
1 Congo DR 1 1
1 Portugal 1 1
3 Colombia 1 1
3 Uzbekistan 1 1
सबै समूह →