← समाचारमा फर्कनुस्
काजल उत्कृष्ट निर्णायक

काठमाडौं, साउन ४ गते ।
तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ वल्र्ड तेक्वान्दो हान्मादाङमा उत्कृष्ट निर्णायक घोषित भएकी छन् ।
अमेरिकाको क्यालिफोर्निया जुलाइ १७ देखि १९ तारिखसम्म भएको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजलले प्रतियोगितामा ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
प्रतियोगितामा ८० निर्णायकको सहभागिता रहेको बताइएको छ । प्रतियोगितामा ३० राष्ट्रका १ हजार ७ सय खेलाडी सहभागी थिए ।
काजलले यसअघि अस्ट्रेलियन ओपन तथा जापानमा २०२४ र २०२५ मा भएको वाटा ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । २०२५ मा काजल उत्कृष्ट निर्णायक पनि घोषित भएकी थिइन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |