← समाचारमा फर्कनुस्
Martial Arts Apr 07, 2023 · Nepalsports

भूपेन्द्र र सोनाम गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा

भूपेन्द्र र सोनाम गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा

काठमाडौ- वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा पुरुषतर्फबाट ६३ केजी तौलसमूहमा एपीएफका सोनाम सार्की र नेपाल प्रहरीका भूपेन्द्र थापा प्रवेश गरेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा सोनामले बागमती प्रदेशका सागर दर्जी तथा भूपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दलाई पराजित गरेर फाइनलमा स्थान बनाएका हुन्।

त्यस्तै महिला ५० केजीमा बागमतीकी सुष्मा तामाङले कर्णालीकी तेजीमाया गुरुङ र मधेशकी अस्मिता दुवालले सुदूरपश्चिमकी सोनिया शेट्टी,

५४ केजीमा बागमतीकी अन्जनी तेलीले लुम्बिनीकी माया केसी र एपीएफकी सन्जुमाया थिङले कोशीकी सुस्मिता श्रेष्ठ तथा ५७ केजीमा प्रहरीकी निशा तामाङले एपीएफकी सर्मिला तामाङ र बागमतीकी पेमा शेर्पाले सुदूरपश्चिमकी कविता सिंहलाई पाखा लगाउदै फाइनल यात्रा तय गरेकी छिन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →