बर्नमाउथको लगातार तेस्रो जित

बर्नमाउथले युरोपा लिगमा बिहीबार सनसनीफूर्ण सुरुआत लिने क्रममा लगातार तेस्रो जित जित निकालेको छ । यसत्रममा उसले दस खेलाडीमा सीमित एसी मिलानमाथि ३–० को प्रभावशाली जित निकालेको हो । इंग्लिस प्रिमियर लिग क्लबका लागि जस्टिन क्लुभर्ट, मार्कस टाभेरनर र आमिन एडिलले एक एक गोल गरे ।
त्यसमध्ये सुरुआती दुई गोल पेनाल्टीमा निस्केको हो । यस नतिजापछि बर्नमाउथ सन् १९७३/१९७४ यता युरोपमा आफ्ना सुरुआती तीन खेल जित्ने फहिलो इंग्लिस क्लब भएको छ । त्यति बेला यस्तै प्रदर्शन सन्डरल्यान्डले गरेको थियो ।
अर्को प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले भने इस्टनबुलमा बेसिकटाससँग २–२ को बराबरी निकाल्न सफल रह्यो । लगातार तेस्रो जित निकाल्ने क्रममा बायर लेभरकुजनले ओएफआई क्रेटलाई २–० ले पराजित गर्न सफल रह्यो । यस्तै युभेन्ट्सले रेनेससँग १–१ को बराबरी खेले ।
बेनफिकाले पनि तेस्रो जितका लागि ओमेनिया निकासियालाई ४–१ ले पन्छायो । बेनफिका, लेभरकुजन र बर्नमाउथ समान नौ अंकमा सुरुआती तीन स्थानमा छन् । यस्तै सेल्टिक भने सेल्टा भिगोसँग २–१ ले पराजित रह्यो र यो स्कटिस टिमको लगातार तेस्रो हार रह्यो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |