← समाचारमा फर्कनुस्
Martial Arts May 01, 2023 · Nepalsports

एसियाडकाका लागि बक्सिङको प्रारम्भिक छनौट सुरु

एसियाडकाका लागि बक्सिङको प्रारम्भिक छनौट सुरु

ललितपुर । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि बक्सिङको प्रारम्भिक छनौट प्रतियोगिता सोमबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गरे ।

पुरुष ५१ केजी तौलसमूहको क्वाटरफाईनलमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले ४–३ अंकको आधारमा एचटुओका लालप्रसाद उप्रेतीमाथि जित हासिल गरे । सोही तौलसमूहमा पाँचथरका फुङ्लाङ काम्बाङलाई आरएससीका आधारमा र रुकुमका जीवन पुन मगरलाई ५–० अंक आधारमा क्रमशः एपीएफका प्रदीप महर्जन र बक्समाण्डुका लक्ष्मण राईले विजय हासिल गरे । त्यस्तै आर्मीका सुशील थापाले ५–० अंकको आधारमा ललितपुरका खेलाडी चिरिन्जिवि खड्का माथि जित हासिल गरे ।

पुरुष ५७ केजीमा बाँकेका खेलाडी ईन्द्र सुनारले केओका आधारमा एपीएफका पुरन राई माथि जित हासिल गरे भने नुवाकोटका निराजन मोक्तानमाथि आरएसी आईको आधारमा आर्मीका खेलाडी पुरन सुनुवारले जित हासिल गरे ।
पुरुष ६३.५ केजीमा प्रहरीका निकेश देशारमाथि आरएससीको आधारमा मकवानपुरका खेलाडी सोहन राईले जित हासिल गरे । सोहि स्पर्धामा ललितपुरका सागर दर्जीमाथि ५–० अंकको आधारमा जिनेक्श बक्सिङ क्लबका मौसम राना मगर विजयी भए भने रामेछापका नेत्र तिरुवामाथि आरएससीको आधारमा एपीएफका सोनाम सार्की विजयी भए ।


पुरुष ७१ केजीमा लुम्बिनीका विकास रानाले ४–३ अंकको आधारमा नक्शाल बक्सिङ क्लबका अस्विन धिरण श्रेष्ठमाथि जित हासिल गरे भने बक्समाण्डुका दावा छिरिङ लामा माथि ४–१ अंकको आधारमा आर्मीका खेलाडी दिपेश लामाले जित हासिल गरेका थिए । त्यस्तै स्वीट साईन्स बक्सिङ क्लबका निराजन नेपाली माथि ५–० अंकको आधारमा एपीएफका बिक्रम चौधरीले जित हासिल गरे ।

महिला ५० केजीमा आर्मीकी आरती बम्जनलाई ५–० अंकको आधारमा लुम्बिनीकी माया केसीले जित हासिल गरिन् । जेनेक्शकी तेजीमाया गुरुङलाई ५–० अंकको आधारमा स्वीट साईन्सकी रमिसा श्रेष्ठले जित हासिल गरिन् । प्रहरीकी रिता धरलालाई ४–३ अंकको आधारमा एचटुओकी अस्मिता दुवालले जित हासिल गरिन् ।

छनौट प्रतियोगितामा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभाग प्रमुख तथा बक्सिङका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, महासचिव सविन भट्टचार्य, केन्द्रीय सदस्यहरु श्यामकाजी अवाले, मानबहादुर भण्डारी, ओमनारायण श्रेष्ठ, बरिष्ठ बक्सिङ प्रशिक्षक प्रविन तुलाधर लगायतको उपस्थिति रहेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →