काठमाडौं । भक्तपुर क्रिकेट एकेडेमीले एनसिसीएस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
मुलपानी क्रिकेट मैदानमा आइतबार भक्तपुरले बलपार्क स्पोर्टस एन्ड इभेन्टस एकेडेमीलाई डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा १९ रनले पराजित गर्यो ।
वर्षाले प्रभावित भएपछि १३ आभेरमा झारिएको खेलमा १२६ रनको नयाँ लक्ष्य पछ्याएको बलपार्कले १३ ओभर नै ब्याटिङ गरे पनि तीन विकेट गुमाउँदै १०६ रन मात्र बनाउन सक्यो ।
बलपार्कका लागि विवेक थापमगरले अविजित ३४, रवि शाहले २८ र सुमित महर्जनले १९ रन बनाए ।
भक्तपुरका लागि विकाश आग्री, अमरसिंह रौटेला र दीपक बोहराले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भक्तपुरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८४ रनको योगफल तयार पारेको थियो । भक्तपुरका लागि दीपक बोहराले ६४ बलमा अविजित ११२ रन बनाए । यसैगरी आयुशमान बमले १९ र विनोद तामाङले १६ रन जोडे ।
बलपार्कका लागि तिलकराज भण्डारी,पंकज पाण्डे र प्रसिद्ध बज्राचार्यले समान एक विकेट लिए ।
Comments
No comments yet.
Top Headlines