TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball Jun 21, 2026 · Swadesh

धादिङ र मकावनपुरलाई उपाधि

धादिङ र मकावनपुरलाई उपाधि

काठमाडौं। तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको महिला भलिबलमा धादिङ जिल्ला तथा पुरुषतर्फ मकवानपुर जिल्ला च्याम्पियन बनेका छन्। 

शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सम्पन्न फाइनल खेलमा धादिङले दोलखा जिल्लालाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो। 

सेमिफाइनलमा धादिङले रामेछाप तथा दोलखाले चितवनलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए। 

यस्तै, पुरुषतर्फको फाइनल खेलमा मकावनपुरले चितवन जिल्लालाई ३–२ को सेटमा हराउँदै उपाधि जितेको हो। पुरुषतर्फ धादिङ तेस्रो भयो। धादिङले सिन्धुलीलाई २–१ को सेटमा पाखा लगाउँदै तेस्रो स्थान हात पारेको हो।

तेस्रो स्थानको लागि भएको खेलमा महिलातर्फ रामेछापले चितवनलाई २–० को सोझो सेटमा हरायो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group H
1 Uruguay 1 1
2 Saudi Arabia 1 1
3 Spain 1 1
4 Cape Verde Islands 1 1
सबै समूह →