← समाचारमा फर्कनुस्
Football Sep 16, 2026 · Swadesh

इस्पीले गरे रियलको उद्धार

इस्पीले गरे रियलको उद्धार

सब्टिच्युट कार्लोस इस्पीले फेरि एकपल्ट रियल म्याड्रिडको उद्धार गरेका छन् र आफ्नो टिमलाई स्पेनी ला लिगामा महत्त्वपूर्ण तीन अंक दिलाएका छन् । उनले खेलको अन्त्यतिर गोल गरेपछि रियलले मंगलबार स्पेनी ला लिगामा एल्चेलाई ३–२ ले हराएको हो ।

उनले अहिलेसम्म रियलका लागि सुरुदेखि खेल्न पाएका छैनन्, तर इस्पनयोलविरुद्धको खेलमा पनि उनले नै निर्णायक विजयी गोल गरेका थिए । यस सिजनको सुरुमा उनी लेभान्टेबाट रियल आएका थिए । म्याथिस डिटुरोको आत्मघाती गोलपछि रियलका लागि किलियन एमबापले गोल गरे ।

यससँगै टिम दुई गोलले अगाडि रहेको थियो । तर त्यसपछि अंक तालिकाको पुछारमा रहेको टिमका लागि एबिल ओसोरो र फेर निनोले गोल फर्काए । यो जितपछि रियलको १५ अंक भएको छ र एक खेल कम खेलेको बार्सिलोनासँग बराबरी गरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →