युरोपका चार ठूला फुटबल क्लबहरू हङकङमा भिड्दै

हङकङ फुटबल फेस्टिभल २०२६ मा युरोपका चार ठूला फुटबल क्लबहरूको भिडन्त हुदैछ। हङकङको नयाँ काई टाक स्टेडियममा हुने जुलाई ३१ देखि अगस्ट ५ सम्म चल्ने यस फुटबलको महाकुम्भमा इंग्लिस क्लव म्यानचेस्टर सिटी र चेल्सी साथै इटालीयन क्लव इन्टर मिलान र युभेन्टस रहेको छ।
पहिलो खेल अगस्त १ तारीख म्यानचेस्टर सिटी र इन्टर मिलान खेल्ने छ भने दोस्रो खेल ५ अगस्तमा चेल्सी र युभेन्टस बिच खेल्ने छ।
गत साल हङकङ फुटबल फेस्टिभलमा लिभरपुल, आर्सनल, टोट्नहाम हटर्स्पर र एसी मिलानले प्रतिसप्रधा गरेको थियो।
म्यानचेस्टर सिटी इङ्ल्यण्डको सफल क्लबहरू मध्ये एक हो। क्लबले १० वटा प्रिमियर लिग उपाधि, ८ एफए कप, ९ लिग कप, १ युइएफए च्याम्पियन्स लिग, १ युइएफए सुपर कप र १ फिफा क्लब विश्वकप लगायतका उपाधिहरू जितिसकेको छ। प्रशिक्षक पेप ग्वार्डियोलाको नेतृत्वमा क्लबले अत्यधिक सफलता हासिल गरेको थियो।
चेल्सी पनि इङ्ल्याण्डको सफल क्लबहरू मध्ये एक हो। क्लबले ६ वटा शीर्ष-स्तरीय प्रिमियर लिग उपाधि, ८ वटा एफए कप, ५ वटा लिग कप, २ वटा युइएफए च्याम्पियन्स लिग, २ वटा युइएफए युरोपा लिग, २ वटा फिफा क्लब विश्वकप लगायतका उपाधिहरू जितिसकेको छ।
इन्टर मिलान इटालियन फुटबलको सफल क्लबहरू मध्ये एक हो। क्लबले २१ वटा लिग उपाधि (सेरी ए), १० वटा कोपा इटालिया, ८ वटा सुपरकोपा इटालियाना, ३ वटा युइएफए च्याम्पियन्स लिग, ३ वटा युइएफए कप, २ वटा इन्टरकन्टिनेन्टल कप र १ वटा फिफा क्लब विश्वकप लगायतका उपाधिहरू जितिसकेको छ।
युभेन्टस इटालियन फुटबलको सफल क्लबहरू मध्ये एक हो। क्लबले ३६ वटा सेरी ए उपाधि (सर्वाधिक), २ वटा युइएफए च्याम्पियन्स लिग, १४ वटा कोपा इटालिया, ९ वटा सुपरकोपा इटालियाना, साथै २ इन्टरकन्टिनेन्टल कप र १ युइएफए कप।
त्यस्तै ७ अगस्तमा जर्मन क्लब बायन मुनिख र इंग्लिस क्लव एस्टन भिल्ला बिच काई टाक स्टेडियममा अडी फुटबल समिट २०२६ अन्तर्गत खेल हुदैछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women