LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 16, 2026 · Swadesh

न्युजिल्यान्ड र इरानबीच रोमाञ्चक बराबरी

न्युजिल्यान्ड र इरानबीच रोमाञ्चक बराबरी

न्युजिल्यान्ड र इरानबीच विश्वकप २०२६ को समूह जी को खेल मंगलबार रोमाञ्चक २–२ को बराबरीमा टुंगेको छ । लस एन्जलस स्टेडियम भएको खेलको नतिजापछि दुवै टिम समान एक एक अंकमा समूहको शीर्ष दुई स्थानमा रहे । यसै समूहमा बेल्जियम र इजिप्ट पनि समान एक एक अंकमा छन् ।

न्युजिल्यान्डका लागि जस्टले खेलको सातौं मिनेटमा गोलको खाता खोले । इरान ३२ औं मिनेटमा बराबरी गोल फर्काउन सफल रह्यो । न्युजिल्यान्डको पेनाल्टी एरियामा पाएको बललाई रमनी रेजाइनले पोस्टको दिशा दिए । जस्टले ५४ औं मिनेटमा न्युजिल्यान्डका लागि दोस्रो गोल थपे ।

मैदानको मध्य भागबाट सुरु भएको आक्रमणलाई उनले सुन्दर गोल गरेका हुन् । यसै क्रममा उनी विश्वकप इतिहासको एकै खेलमा दुई गोल गर्ने न्युजिल्यान्डका पहिलो खेलाडी पनि भए । इरानले खेलको ६३ औं मिनेटमा फेरि बराबरी गोल फर्काउन सफल रह्यो । अनमार्क रहेका मोहम्मद मोहेबीको हेडिङ पोस्टमा लागेर भित्र गएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group K
1 Congo DR 1 1
1 Portugal 1 1
3 Colombia 1 1
3 Uzbekistan 1 1
सबै समूह →