← समाचारमा फर्कनुस्
आइभरीकोस्टद्वारा इक्वेडर पराजित

सब्टिच्युट खेलाडी अमाद डियालोले खेलको अन्त्यतिर गरेको गोलको मदतले आइभरीकोस्टले विश्वकप २०२६ को समूह ई को खेलमा सोमबार इक्वडेरलाई १–० ले पराजित गरेको छ । यो जितले आइभरीकोस्ट तीन बहुमूल्य अंक बटुल्न सफल रह्यो ।
खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला म्यानचेस्टर युनाइटेडका खेलाडी डियालोले ९० औं मिनेटमा गोल गरेका हुन् । दुवै टिमले अधिकांस समय रक्षापंक्तिमा जोड दिएर खेलेका थिए । यस्तोमा इक्वडेर अभाग्यशाली सावित भयो ।
पहिलो हाफमा इक्वडेरका दुई प्रहार पोस्टमा लागेको थियो । आइभरीकोस्टको जितले जर्मनीसँगै अर्को चरण पुग्ने सम्भावना बलियो भएको छ । आइभरीकोस्ट गोल अन्तरमा समूहको दोस्रो स्थानमा रह्यो । यो समूहमा जर्मनी तीन अंकमा शीर्षमा छ । इक्वेडर र कुराकाउ भने शून्य अंकमा रहे ।sw
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women