LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 18, 2026 · Swadesh

केनको दुई गोलमा इंग्ल्यान्ड विजयी

केनको दुई गोलमा इंग्ल्यान्ड विजयी

ह्यारी केनले गरेको दुई गोलको मदतले इंग्ल्यान्डले विश्वकप २०२६ मा बिहीबार क्रोएसियालाई ४–२ ले हराएको छ । टेक्सासमा भएको खेलमा इंग्ल्यान्डका लागि जुड बेलिंघम र मार्कस रसफोर्डले पनि एक एक गोल गरे ।

बलियो चुनौती पेस गरेको क्रोएसियाले एक समय खेललाई २–२ को बराबरीसम्म पुर्‍याए । त्यसमा मार्टिन बटुरिना र पिटर मुसाले एक एक गोल गरे । तर त्यसयता खेलमा इंग्ल्यान्ड हाबी रह्यो र समूह एल मा विजयी सुरुआत लिन सफल रह्यो ।

यो खेल सन् २०१८ को विश्वकपको सेमिफाइनलका पुर्नरावृत्ति पनि रह्यो । त्यसमा झने क्रोएसियाले इंल्यान्डलाई अतिरित्त समयमा हराउको थियो । अहिलेको जितले इंग्ल्यान्डको अर्को चरण प्रवेशको सम्भावना बलियो भएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group K
1 Congo DR 1 1
1 Portugal 1 1
3 Colombia 1 1
3 Uzbekistan 1 1
सबै समूह →