← समाचारमा फर्कनुस्
शानदार जितपछि लिड्स तेस्रोमा

लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आफ्नो शानदार सुरुआतलाई सोमबार पनि कायम राखेको छ र यसक्रममा न्युकासल युनाइटेडलाई ४–१ ले पराजित गरेको छ । यो जितपछि लिड्स अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । लिड्सको चार खेलबाट आठ अंक भएको छ ।
लिड्स अहिलेसम्म अपराजित रहेको छ र उसको अगाडि आर्सनल र म्यानचेस्टर सिटी चार अंकको दूरीमा रहेका छन् । नयाँ सिजनमा न्युकासलले पहिलो हार आत्मसात् गरेको हो र यससँगै पाँच अंकमा १२ औं स्थानमा छ ।
एलान रोडमा भएको खेलमा लेविस मिलेको आत्मघाती गोलमा लिड्सले अग्रता लिएको थियो । त्यसपछि जेयडेन बोग्ले, डोमिनिक क्लाभर्ट लेविन र नोह ओकफरले एक एक गोल गरे । बाजोमन टुरेले न्युकासलका लागि एक गोल फर्काए, तर त्यो सान्त्वना मात्रै रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |