← समाचारमा फर्कनुस्
एमबापे घाइते हुँदा जिदानको डेब्यु ओझेलमा

फ्रान्सले शुक्रबार जिनेदिन जिदानको नेतृत्वमा पहिलो खेल खेलेको छ र जित पनि निकालेको छ । तर त्यो सुखद भने रहेन् । फ्रान्सले टर्कीलाई १–० ले पराजित गरेको त्यस खेलमा कप्तान किलियन एमबापे घाइते भए । उनकै गोलमा फ्रान्सले अग्रता लिएको थियो ।
यूईएफए नेसन्स लिगको खेलमा जिदानले पहिलो पटक टिम सम्हालेका हुन् । डिडिएर डेसक्याम्पले विश्वकप २०२६ पछि टिम छाडेयता जिदानलाई टिमको जिम्मेवारी दिइएको हो । अन्य खेलमा बेल्जियमले इटालीलाई २–० ले हरायो । त्यस खेलमा इटालीका लागि प्रशिक्षक रोबर्टो मानचिनीले पुर्नआगमन गरे ।
तर त्यो पनि सुखद रहन सकेन् । बेल्जियमको जितलाई जित दिलाउन भने माइक गोडट्स र डोडी लुकेबाकिओले गोल गरे । अन्य खेलमा युक्रेनले हंगेरीलाई १–० र स्विडेनले रोमानियालाई २–१ ले पराजित गर्यो । यस्तै पोलान्ड र बोस्निया एन्ड हर्जगोभिनाले गोलरहित बराबरी खेले ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |