← समाचारमा फर्कनुस्
Martial Arts May 03, 2023 · Nepalsports

नेपाली मेक्केबाज भुपेन्द्र थापा जर्मनीका गोक्दुमान देवरामसंग प्रतिस्पर्धा हार

नेपाली मेक्केबाज भुपेन्द्र थापा जर्मनीका गोक्दुमान देवरामसंग प्रतिस्पर्धा हार
काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ आईबिएको आयोजनामा उज्वेकिस्तानको राजधानी तास्कान शहरमा  २०२३ को अप्रिल ३० देखि मे १४ तारिख सम्म हुन गईरहेको आईबिए मेन्स विश्व बक्सिङ्ग च्याम्पियनसिपमा नेपाली मुक्केबाज भुपेन्द्र थापाले जर्मनीका गोक्दुमान देवरामसंग ४:१ अंकको आधारमा प्रतिस्पर्धा हार बेहोरेका छन् ।

नेपाली मुक्केबाज थापाले ६० -६३.५ किलोतौल समुहमा जर्मनीका मुक्बेबाज जर्मनीका गोक्दुमान देवरामसंग मे ०२ तारिखमा नेपाली समय अनुसार दिउँसो १ बजे राउण्ड ६४ अन्तर्गत सेसन २ 'ए' को पाँचौ नम्बर बाउट ४६  प्रतिस्पर्धा गरेका थिए । थापा १३ औं सागका स्वर्ण पदक विजिता खेलाडी हुन् ।  

जर्मनी मुक्केबाजसंग राम्रो खेल प्रदर्शन गर्दै ४:१ (स्प्लिट) अंकमा पराजित भएकाे नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय को अडिनेटर श्यामकाजी अवालेले जानकारी दिएका छन् । 

४८ केजी तौल समुहमा प्रतिस्पर्धा गर्न नेपाली मुक्केबाज रविन थापा पनि सो स्थानमा पुगिसकेकाछन् । रविन थापाले उज्वेकिस्तानी बक्सरसंग मे ४ तारिखमा प्रतिस्पर्धा गर्ने छन् । थापा सहित नेपाली टोलीका प्रशिक्षक निवर्तमान मुख्य प्रशिक्षक प्रकाश थापामगर र सुजित पुन मगरलाई गत  अप्रिल २८ तारिखमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले सहिको टोलीले विदाई गरेका थिए ।
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →