← समाचारमा फर्कनुस्
Martial Arts Jan 06, 2024 · Nepalsports

नागार्जुन टिम च्याम्पियन

नागार्जुन टिम च्याम्पियन

नागार्जुन नगरपालिकाले पालिकास्तरीय प्रथम वडा अध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

महालक्ष्मी नगरपालिका वडा ७ को आयोजनामा भएको प्रतियोगितामा नागार्जुनले ८ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ काठमाडौं महानगरपालिका दोश्रो भयो । तेश्रो स्थानको महालक्ष्मी नगरपालिकाले २ स्वर्ण, १ रजत र २ कांस्य हात पा¥यो । १८ स्वर्णका लागि प्रतिस्पर्धामा भएकोमा ललितपुर महानगरपालिका, शंखरापुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका र कीर्तिपुर नगरपालिकाले समान १–१ स्वर्ण जिते।


प्रतियोगिताको पुरुषमा महालक्ष्मीका सविनकुमार दियाली तथा महिलामा नागार्जुनकी सुस्मिता नेपाली उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, उप मेयर लक्ष्मी महर्जन, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, आयोजक वडा ७ का अध्यक्ष बाबुराजा महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
चाङगाथलीस्थित हाम्रो पाठशालामा भएको एकदिने प्रतियोगितामा उपत्यका १० पालिकाबाट १ सय ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →