← समाचारमा फर्कनुस्
Cricket Sep 12, 2026 · Swadesh

यूएईसामु नेपालको चुनौतीपूर्ण लक्ष्य

यूएईसामु नेपालको चुनौतीपूर्ण लक्ष्य

ओपनर आसिफ सेखको शतकको मदतले नेपालले एसीसी प्रिमियर कपको शनिबार भइरहेको फाइनलमा यूएईसामु ३ सय १४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थिति बायुमास ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो र सही पनि सावित भयो ।

नेपालले ५० ओभर उपयोग गरेर ९ विकेट गुमाएर ३ सय १३ रन बनाएको थियो । आसिफले १ सय ६ बलको सामना गरेर १ सय २ रन बनाए । उनले ८ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर अर्जुन कुमालले ४३ रन बनाए र पहिलो विकेटका लागि ९७ रनको साझेदारी भएको थियो ।

नेपालका लागि आफिसको यो दोस्रो ओडीआई शतक हो । त्यसपछि रोहित शर्मा ४० र गुल्सन झmाले ५२ रन जोडे । गुल्सनले आक्रामक ब्याटिङ गर्ने त्रममा ३ चौका र ४ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । अन्त्यति बासिर अहमदले नटआउट रहेर १५ रन थपे ।

यूएईका बलरमध्ये इब्रार अहमदले ६२ रनमा ४ विकेट लिए । यो खेलको विजेता अर्को वर्ष हुने एसियाकपका लागि हुनेछ । फाइनल प्रवेश गर्ने क्रममा नेपाल र यूएई दुवै एसीसी इमर्जिङ कपका लागि भने छनोट भइसकेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →