नेपाल क्वाटर फाइनलमा

जापानमा जारी २० औं एसियाली खेलकुदको पुरुष क्रिकेट (टी– २०) मा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र जापानबीच समूह ‘ए’ को खेल वर्षाका कारण रद्ध भएपछि दुवै टोलीले समान १–१ अंक बाढेका थिए । पहिलो खेलमा अफ्गानिस्तानलाई ५ विकेटले पराजित गरेको नेपाल ३ अंकसाथ समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।
नेपालले सेप्टेम्बर २९ तारिखमा श्रीलंकासंग क्वाटरफाइनल खेल्ने छ । पानी परेर केही समय ढिलो सुरु भएको खेलमा टस जितेर जापानले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो ।
नेपालले सुरुवाती ब्याटिङमा निकै उत्कृष्ट प्रर्दशन गरेको थियो । नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । सुदिप जोरा ३२ बलमा ५७ तथा लोकेश बम २२ बलमा ५२ रनमा अविजित रहे । आसिफ शेखले २१ रन बनाए । पहिलो इनिङ सकिना साथ पानी परेकाले आजको खेल रद्ध गर्दै दुवै टिमलाई अंक बाढीएको थियो । जस कारण नेपाल समूह बिजेता बन्दै क्वाटर फाइनल प्रवेश गरेको हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |