← समाचारमा फर्कनुस्
Martial Arts Jul 06, 2025 · Swadesh

नेपाल उपविजेता

नेपाल उपविजेता

काठमाडौं, असार २२ गते ।
नेपाल नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, ९ रजत र २० कांस्यसहित टिम उपविजेता भएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जनाएका छन् ।
महिला ६८ केजीमाथि कराते महासंघबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए । प्रदीप बैजाली मगरले यु–२१ र सिनियरको व्यक्तिगत कुमुतेमा समान १–१ स्वर्ण तथा टिम कुमुतेमा रजत जिते ।
नेपालमा भएको सातौं संस्करण र भुटानमा भएको आठौं संस्करणमा भने नेपाल टिम च्याम्पियन बनेको थियो ।
श्रीलंकाको कोलम्बोमा भएको प्रतियोगतामा भारत टिम च्याम्पियन बन्यो । भारतले २३ स्वर्ण, २४ रजत र १२ कांस्य जित्यो । तेश्रो स्थानको श्रीलंकाले १६ स्वर्ण, २० रजत र २३ कांस्य हात पा¥यो । ३ स्वर्ण, ७ रजत र १४ कांस्य जितेको बंगलादेश चौथो भयो । ६ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान १ रजत र ७ कांस्यसाथ पाँचौं र १ रजत र १ कांस्यसाथ भुटान छैटौं भए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →