श्रीलंकामा नेपाललाई २ स्वर्ण र एक रजत

मित्र राष्ट्र श्रीलंकामा यही मार्च ४ देखि सन्चालन भएको १० औं आईएसकेडीजे कप कराते च्याम्पियनसिपमा नेपाललाई २ वटा स्वर्ण रएक रजत पदक प्राप्त भएको छ । उक्त प्रतियोगितामा –६० किलोमा बुद्धीमान माझी र –८४ किलोमा सोनम बलामीले नेपाललाई स्वर्ण दिलाए । माझीले भारतसंग २–१, बंगलादेशसंग ३–२ र फाईनलमा श्रीलंका संग १–० अन्तरको जितसंगै स्वर्ण पदक बिजेता बनेका थिए ।
त्यसैगरी बलामीले भारतसंग ३–२, बंगलादेशसंग २–० र फाईनलमा श्रीलंकासंग ३–२ अंक संगै नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उक्त प्रतियोगितामा सहभागी ऐटनकुमार मल्लले –६७ तौल समुहमा नेपाललाई रजत पदक दिलाउन सफल भए । उनले सेमिफाईनलमा भारतलाई १–० अंकले पराजित गरि फाईनलमा प्रबेश गरेका थिए भने फाईनलमा आयोजक श्रीलंकासंग रेफ्री सुपरलेटिभको आधारमा ३–२ अंकले पराजित हुदै रजत पदकमा चित्त बुझाएका थिए । ४ देश सहभागी उक्त प्रतियोगितामा २ स्वर्ण र १ रजत पदकसंगै नेपाल समुह तेश्रो बन्न सफल भयो । ४ कराते सदस्य टोलीसहित सहभागी भएको उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव÷प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गीले गरेका थिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |