प्रिमियर कप जित्दै नेपाल एसियाकपमा छनोट

एसीसी प्रिमियर कप जित्ने क्रममा नेपाल शनिबार एसियाकपका लागि छनोट भएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको फाइनलमा नेपालले आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी यूएईलाई ४४ रनले हराएको हो ।
जितका लागि ३ सय १४ रनको लक्ष्य पाएको यूएईले ४९.१ ओभरमा सबै विकेट गुमाएर २ सय ६९ रन मात्र बनाउन सक्यो । उसका लागि राहुल चोपडाले सर्वाधिक सय रन बनाए र नटआउट नि रहे । तर यो जितका लागि पर्याप्त रहेन् । उनले १ सय ५ बलको सामना गरेर ३ चौका र ४ छक्का प्रहार गरे ।
ओपनर तनिश सुरीले २८ बलमा ४३ रन बनाएर आक्रामक सुरुआत दिलाएका थिए । यस्तै कप्तान हरप्रित सिंहले ३३ र सोहिब खानाले ५२ रन बनाए । नेपाली बलरमध्ये करण केसीले सर्वाधिक ३ विकेट लिए र त्यसका लागि ४९ रन खर्चे । यस्तै ललित राजवंशीले ४३ रनमा २ विकेट हात पारे ।
त्यस अगाडि नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर ३ सय १३ रन बनाएको थियो । त्यसमा आसिफ सेखले १ सय ६ बलको सामना गरेर १ सय २ रन बनाए । उनले ८ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर अर्जुन कुमालले ४३ रन बनाए । पहिलो विकेटका लागि ९७ रनको साझेदारी भएको थियो ।
नेपालका लागि आफिसको यो दोस्रो ओडीआई शतक हो । त्यसपछि रोहित शर्मा ४० र गुल्सन झाले ५२ रन जोडे । गुल्सनले ३ चौका र ४ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । अन्त्यति बासिर अहमदले नटआउट रहेर १५ रन थपे । यूएईका बलरमध्ये इब्रार अहमदले ६२ रनमा ४ विकेट लिए ।
फाइनल प्रवेश गर्ने क्रममा नेपाल र यूएई दुवै एसीसी इमर्जिङ कपका लागि भने छनोट भइसकेका छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |