← समाचारमा फर्कनुस्
Other Sports Sep 26, 2026 · Swadesh

१२ वर्षिय निहाना श्रेष्ठले डब्लूसिएम टाइटल प्राप्त गरीन्, एफएम रुपेशले आईएमलाई पराजित गरे

१२ वर्षिय निहाना श्रेष्ठले डब्लूसिएम टाइटल प्राप्त गरीन्, एफएम रुपेशले आईएमलाई पराजित गरे

उज्बेकिस्तानमा जारी ४६औँ चेस ओलम्पियाड नवौँ चरण नेपालका युवा खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ३.५ अंक जोडेर डब्लूसिएम टाइटल प्राप्त गरेकी छिन्।

१२ वर्षीय निहाना श्रेष्ठले न्यूजिल्याण्डका डब्लूएफएम नादिया ब्रिगन्जा सँग बराबर र डोमिकन रिपब्लिकका बर्लाम्या नुनेज डायज, मादागास्करका मायराना इरिन्हा तथा लिनलिन हटेडलाई पराजित गर्दै डब्लूसिएम उपाधि हात पारिन्।

नेपाली पुरुष टोलीले उच्च एभरेज रेटिङ राष्ट्र लक्जेम्बर्गसँग २–२ अंकको बराबरी खेलेको छ।

बराबरी सँगै सशक्त टिम लब्जेम्बर विरुद्ध १ अंक खोस्न सफल भए। नेपाली पुरुष टिमले चार जीत एक बराबर खेल्दै ९ म्याच अंक जोडेर पदक प्राप्त गर्ने आशलाई बलियो बनाएको छ। नेपाल आफ्नो डि समूहमा तेश्रो स्थानमा छन्।

लक्जेम्बर्गविरुद्ध पहिलो बोर्डमा नेपालका युवा २०९३ रेटेड  सिएम पुरुषोत्तम सिलवालले २२५४ रेटेड एफएम निकोलस बोर्गसँग बराबरी खेल्दै आधा अंक लिए। 

दोश्रो बोर्डमा २१५१ रेटेड एफएम रुपेश जैसवालले २२३१ रेटेड आईएम फ्रेड बेरेन्डलाई पराजित गर्दै नेपाललाई महत्त्वपूर्ण एक अंक दिलाए।

२००८ रेटेड आशिष फुँयाल २२३० रेटेड एफएम फिलिप्पे लिन्स्टरसँग पराजित भए भने १९६७ रेटेड राजन सुबेदीले २११६ रेटेड मार्क मेर्टेन्ससँग बराबरी खेले।

महिला टोलीको जीत

महिला टोलीले नवौँ चरणमा म्यानमारसँग २.५–१.५ अंकले जित निकालेको छ। एन्जल महर्जन, निहाना श्रेष्ठ र सिन्दिरा जोशीले आ–आफ्नो खेलमा जित हासिल गरे भने कृतिसरा अधिकारीले बराबरी खेलिन्।

यस जितसँगै नेपाली महिला टोलीले नवौँ चरण पुग्दा ४ खेलमा जीत दर्ता गर्दै म्याच प्वाइन्ट ८ अंक जोडेको छ। नेपाली महिला टिमको खेलमा अनुभवको कमिका कारण निकै उतारचढाव देखिएको छ। 

४६औँ चेस ओलम्पियाडमा कुल ११ चरण खेलाइँदैछ र प्रतियोगिता सेप्टेम्बर १६ देखि २७ सम्म समरकन्दमा सञ्चालन भइरहेको छ।

नवौं चरणको खेलमा पुरुष टिमले ट्रिनिडाट टोबाको सँग तथा महिला टिमले सुरिनाम राष्ट्रिय टिम सँग प्रतिस्पर्धा गरिरहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →