ओलम्पिक डे गतिविधि सुरु

काठमाडौं, असार ५ गते । नेपाल ओलम्पिक कमिटी(एनओस)को तत्वाधानमा ओलम्पिक डे २०२६ को अवसरमा नेपालमा विभिन्न गतिविधि सुरु भएको छ । हरेक वर्ष जुन २३ मा हुने ओलम्पिक डे मनाउन नेपालमा केही साता अघिदेखि नै सातै प्रदेश, राष्ट्रिय खेल संघ, विभागीय टोली, स्कुल, प्रि स्कुल, सुरक्षा निकाय, विभिन्न क्षेत्रका संस्थासँग सहकार्य गरेर विभिन्न कार्यकम गरिने परम्परा रहेको छ । नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । आधुनिक ओलम्पिकको सुरुआत भएको दिन जुन २३को अवसर पारेर नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरेर ओलम्पिक डे मनाउने गरिन्छ ।

यसैक्रममा ओलम्पिक डे २०२६ भव्य रुपमा मनाउने क्रममा शुक्रबार फुटबल, फुटसल, बास्केटबल, चेस, भलिबल, टग अफ वार र आर्ट्स प्रतियोगिता भएका छन् । ओमेगा अन्तर्राष्ट्रिय सकेन्डरी स्कुलमा फुटसल, ज्ञानोदय बालबाटिकामा फुटबल र आर्ट, रिजेन्ट रेसिडेन्सियल स्कुलमा फुटसल र बास्केटबल, महेन्द्र भृकुटीमा टग अफ वार, विलियम पब्लिक स्कुलमा चेस र आर्ट तथा आदर्श कन्या निकेतनमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । यी विभिन्न प्रतियोगितामा विजेताहरुलाई नेपाल ओलम्पिक कमिटीका पदाधिकारी तथा सदस्यहरुले पुरस्कृत गरे ।
ओलम्पिक डेका संयोजक तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष अशोकरत्न वज्राचार्यले यसपालि ओलम्पिक डेको अवसरमा साताव्यापीरुपमा विभिन्न स्कुल, खेल संघ र विभिन्न संस्थासँग मिलेर ५३ प्रतियोगिताको आयोजना गरिने जानकारी दिनुभयो । उहाँका अनुसार २२ प्रतियोगिता सकिसकेको छ ।

एनओसीले ओलम्पिक डेमा खेलकर्मीहरुका लागि प्रतिष्ठित अवार्ड कार्यक्रमको पनि आयोजना गर्ने गर्दछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women