ओपन जुडो च्याम्पियनसिप - २०२५ बेस्ट अफ दि बेस्ट सम्पन्न

काठमाडौँ, जेठ २५ गते । सञ्जित डङ्गोल, प्रमोद मण्डल, मनिता श्रेष्ठ प्रधान र दिलकुमारी छन्त्यालले ओपन जुडो च्याम्पियनसिप – २०२५ बेस्ट अफ दि बेस्टमा उपाधि जित्नुभएको छ ।
मल्टिपर्पोज मार्शल सेन्टर, खुसीबुँ, काठमाडौंमा भएको प्रतियोगितामा नेपालका उत्कृष्ट नौ टिम सशस्त्र प्रहरी बल (एपीएफ), क्लोज प्रोटेक्सन जुडो डोजो (सिपिजे), मल्टिपर्पोज मार्शल आर्ट सेन्टर (एमएमएसी), नेपाल प्रहरी क्लब (एनपीसी), प्रिजनर्स असिस्टेन्स मिसन (प्याम), प्राइम जुडो डोजो (पीजेडी), पारा जुडो डोजो (नेपाल सेना), रसुवा, त्रिभुवन आर्मी क्लब (टीएसी)सहित दुई विदेशी त्रि फोर्स जुडो क्लब (भुटान) र जुडो क्लब रिज्मोन्ड जुडो (नेदरल्यान्ड्स) को पनि सहभागिता रहेको थियो ।
महिला ५७ केजी मुनि तौल समूहमा नेपाल पुलिसक मनिताले प्राइम जुडोकी पेमा याङजी शेर्पालाई हरएर पहिलो स्थान हासिल गर्नुभयो । सो विधामा नेपाल पुलिसकी प्रतिभा पुलामी मगर र एपीएफकी रत्ना तामाङ संयुक्तरुपमा तेस्रो स्थानमा रहनुभयो । महिला ७८ केजी मुनि तौल समूहमा दिलकुमारले आर्मी क्लबकी निर्मला घर्ती मगरलाई पछाडी पार्नुभयो । सो विधामा पुलिसकी निशा चौधरी र आर्मीकी सविना श्रेष्ठले संयुक्तरुपमा तेस्रो स्थान बनाउनुयो ।
पुरुष ७३ केजी मुनि तौल समूहमा एपीएफकी प्रमोदले स्वर्ण पदक जित्ने क्रममा रसुवाका सुनील नगरकोटीलाई निराश पार्नुभयो । सो विधामा धीरेन्द्र थारु र भुटानका तान्दिन वाङचकु संयुक्तरुपमा तेस्रो हुनुभयो । एक सय केजी मुनि तौल समूहमा शीर्ष दुई स्थानमा पुलिसकै सञ्जित र मधु रोका मगर रहनुभएको हो । पुलिसकै धनबहादुर आले तेस्रो हुनुभयो । आर्मीका राजेश चौधरीले पनि तेस्रो स्थान हासिल गर्नुभएको थियो ।
नेपालका लागि फ्रान्सेली राजदुत भर्जिनी कोर्टेवाल र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले विजेता खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |