एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशाले जितिन् कांस्य

काठमाडौं। पलेशा गोवर्धनले १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा कांस्य पदक जितेकी छन्।
मलेसियाको कुचिङमा शुक्रबार सम्पन्न प्रतियोगिताको सेमिफाइनलमा हार बेहोरेपछि उनले तेस्रो स्थानमा चित्त बुझाउँदै नेपालका लागि पदक सुनिश्चित गरिन्।
गोवर्धनले क्वार्टरफाइनलमा उज्बेकिस्तानकी कामोला जुराबावामाथि पहिलो राउन्डमा १०–६ र दोस्रो राउन्डमा १३–० को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन्।
तर, सेमिफाइनलमा चीनकी ली युजिएसँग ०–४ र ०–१० को स्कोरमा पराजित भइन्।
योसँगै पलेशाको अन्तर्राष्ट्रिय पदक संख्या पाँच पुगेको छ। उनले यसअघि युथ एसियन गेम्स र एसियाली पारा ओलम्पिक छनोट प्रतियोगितामा दुई स्वर्ण जितेकी थिइन् भने टोकियो पारा ओलम्पिक २०२४, एसियन गेम्स २०२२ र एसियन प्रतियोगिता २०१८ मा तीन कांस्य जितेकी छन्।
अन्य नेपाली खेलाडीहरूले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्। भरतसिंह महताले काजाकिस्तानका गिब्रात्झान बाकबर्गविरुद्ध पहिलो राउन्डमा १२–० को सानदार जित निकाले पनि दोस्रो राउन्डमा ७–१० ले पराजित भए।
अमिर ब्लोनले ताइवानका चेन चिएन च्याङसँग ६–८, ५–४, र ६–१० को प्रतिस्पर्धात्मक हार बेहोरे। कमला प्रसाई उज्बेकिस्तानकी इसोमिद्दिनोवासँग दुवै राउन्डमा ०–१२ र ०–१३ को हारका साथ प्रतियोगिताबाट बाहिरिइन्।
रेनु तामाङले भने भारतकी लक्ष्मी राडारत्तीसँग पहिलो राउन्डमा १२–६ को जित निकालिन्। तर, बाँकी दुई राउन्ड १९–२३ र १२–२४ ले हारिन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |