← समाचारमा फर्कनुस्
Martial Arts Sep 04, 2024 · Swadesh

महानगरद्वारा पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान

महानगरद्वारा पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पेरिसमा जारी पारालिम्पिक खेलमा कांस्य पदक जितेर उल्लेखनीय उपलब्धि हासिल गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।

बुधवार काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले पलेशा गोवर्धनलाई नगद पाँच लाख रुपैयाँसहित सम्मानित गरे। त्यसैगरी, पलेशाका प्रशिक्षक कविराज नेगीलाई पनि नगद तीन लाख रुपैयाँसहित सम्मानित गरिएको छ।

पेरिसको १७ औँ पारा ओलम्पिकमा कांस्य पदक जितेपछि पलेशा गोवर्धन बुधबार बिहान स्वदेश फर्किएकी थिइन्। उनको स्वागतमा राष्ट्रिय खेलकुद परिषद्ले विमानस्थलदेखि दशरथ रंगशालासम्म नगर परिक्रमा गराएर सम्मान गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →