← समाचारमा फर्कनुस्
Martial Arts Sep 18, 2024 · Swadesh

पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान

पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान

काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधबार नगदसहित सम्मान गरेको छ ।

पलेशालाई १ लाख ३८ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् । प्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार तथा पेरिस पारालिम्पिकमै सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । व्यवस्थापक रामचन्द्र श्रेष्ठ प्रशंसा पत्रबाट सम्मानित भए । पलेशाका पिता प्रदिपलाई मायाको चिनो प्रदान गरिएको थियो ।

बनस्थलीस्थित सिद्धार्थ बनस्थली इन्टिच्युतमा भएको कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका सदस्य एवं च्याम्बरअन्तर्गत शिक्षा तथा खेलकुद उपसमितिका अध्यक्ष रुपकराज बन्सी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच सम्मान गरे । 

सोही अवसरमा सिद्धार्थ बनस्थली इन्टिच्युतले पनि पलेशालाई छुट्टै नगदसहित सम्मान गरेको थियो । प्रिन्सिपल बन्सीले पलेशालाई ५० हजार नगदसहित सम्मान गरे । बुधबारै काठमाडौं महानगरपालिका वडा ८ ले पनि पलेशा र प्रशिक्षक लामालाई नगदसहित सम्मान ग¥यो । वडा अध्यक्ष आसामान संगतले दुवैलाई जनही ५१ हजार प्रदान गरी सम्मान गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →