← समाचारमा फर्कनुस्
Martial Arts Sep 08, 2024 · Swadesh

नेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

नेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

काठमाडौं, भदौ २३ गते ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोबर्धनलाई आइतबार नगदसहित सम्मान गरेको छ । पलेशासहित पेरिस पारालिम्पिकका तेक्वान्दो टोलीलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।

पलेशालाई नगद ५ लाखसहित प्रशंसा पत्र प्रदान गरियो । प्रशिक्षक कविराज नेगी लामा १ लाख ५० हजार तथा पेरिस पारालिम्पकमै सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मानित भए । व्यवस्थापक रामचन्द्र श्रेष्ठ र नेपाल तेक्वान्दो संघलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । 
टोलीलाई सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली छोरी पलेशाले पारालिम्पिकमा पहिलो पदक जितेर नेपालको इज्जत र प्रतिष्ठा बढाएको धारणा व्यक्त गर्दै पलेशाको सफलताले अन्य खेलाडीलाई पनि उत्साहित गर्ने विश्वास व्यक्त गरे ।

उनले पलेशालाई बधाइ दिदै आगामी दिनमा अझ बढी सफलताका लागि शुभकामना दिए । उनले खेलकुदको विकासका लागि अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सभापति देउवाले पलेशाका परिवार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल तेक्वान्दो संघ, राष्ट्रिय पारालिम्पिक कमिटी– नेपाललाई पनि धन्यवाद व्यक्त गरे ।

खेलकुद मन्त्री तेजुलाल चौधरीले पलेशाले ऐतिहासिक पदक जित्दै देशको गौरव बढाएको बताउदै शिक्षा, रोजगारी र स्वास्थ्यमा ध्यान दिन सके खेलाडी विदेश पलायन हुने अवस्थालाई रोक्न सकिने धारणा व्यक्त गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले पारा खेलकुद मार्फत पलेशाले विश्वव्यापी रुपमा नेपाललाई चिनाएको बताउदै सानो देशले पनि बलिया राष्ट्रलाई हराउन सक्ने क्षेत्र महत्वपूर्ण क्षेत्र खेलकुद भएको बताए । उनले खेलकुद राज्यको प्राथमिकतामा पर्नु पर्ने बताउदै अहिलेको बजेट खेलकुदका लागि अपुग भएको बताए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →