← समाचारमा फर्कनुस्
Martial Arts Feb 16, 2024 · Nepalsports

बिल पेश भएको ४८ घण्टामै खेलाडी पुनम श्रेष्ठलाई उपचार खर्च निकासा

बिल पेश भएको ४८ घण्टामै खेलाडी पुनम श्रेष्ठलाई उपचार खर्च निकासा

चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते हुनु भएकी जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकृया पूरा भएको ४८ घण्टामा निकासा गरी दिएको छ ।

खेलाडी पुनम श्रेष्ठले एसियाली खेलकुदमा खेल्ने क्रममा दायाँ खुट्टाको घुडाको एसीएल टियरको शल्यक्रिया गर्नु पर्ने भएकोले राखेपमा २०८० साल माघ ४ गते निवेदन दर्ता गराउनु भएको थियो । निवेदन दर्ता गराउदा ठाडो निवेदन बाहेक अन्य आवश्यक कागजात केहि थिएन । आर्थिक नियमावली अनुसार ठाडो निवेदनको भरमा कसैलाई पनि भुक्तानी निकासा दिन नमिल्ने भएकोले राष्ट्रिय खेलकुद परिषद्ले नै १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता समेत रहनु भएकी पुनम श्रेष्ठलाई नेपाल जुडो संघमार्फत ताकेता गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को ताकेतापछि मात्र बिलहरु प्राप्त भइ २०८० साल फागुन १ गते प्रकृया पूरा भएको थियो । सोही दिन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिवले पुनम श्रेष्ठको उपचार खर्चको फाइल सदर गर्नु भएको थियो । फाइल सदर भएको भोलिपल्ट नै २०८० साल फागुन २ गते पुनम श्रेष्ठलाई उपचार खर्च वापत १ लाख ४७ हजार ५९ रुपैयाँ राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराइसकेको छ ।

सीमित श्रोत र साधनका बावजुद राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीलाई अवसर प्रदान गर्नु पर्छ भन्ने मान्यताका साथ विभिन्न राष्ट्रिय तथा विश्वकै ठूलो खेलकुद महोत्सव ओलम्पिकदेखि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि विगतमा पहल गरेकै हो र आगामी दिनमा त्यसले निरन्तरता पाउने नै छ । खेलाडीको उपचारमा पनि राष्ट्रिय खेलकुद परिषद् गम्भीर छ । स्मरण रहोस् राष्ट्रिय खेलकुद परिषद्कै अनुदानमा स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोष मार्फत पनि पूर्व र वर्तमान खेलाडीलाई उपचार सहयोग प्रदान गर्दै आएको सर्ववित्तिदै छ । राष्ट्रिय खेलकुद परिषद्कै अग्रसरतामा खेलाडीकै हितलाई ध्यानमा राखी नेपालमै पहिलोपटक खेलकुद विमालेख जारी भइससेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले जितेको पदकको नगद पुरस्कारका लागि पहिलोपटक नियमावली मै व्यवस्था गरिएको छ ।

खेलाडीको उपचार जस्तो बिषयलाई परिषद् सदैव संवेदनशिल रहेको र यस्तो बिषयमा खेलाडी र संघको समन्वय नहुँदा पैदा हुने भ्रमपुर्ण प्रचारले कसैलाई हित नहुने सम्बन्धित सबैमा ध्यानाकर्षण गर्दै यस्तो शैलीप्रती सबै खेलाडी, संघ तथा सबै संचारजगत सजग रहनु पर्दछ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →