← समाचारमा फर्कनुस्
Football Sep 12, 2026 · Swadesh

रेनेस उत्कृष्ट लयमा

रेनेस उत्कृष्ट लयमा

एडरिन थोमासनले दोस्रो हाफको सुरुमै गरेको एक मात्र निर्णायक गोलको मदतले रेनेसले शुत्रबार फ्रान्सेली लिग वानमा मार्सेलाई १–० ले पराजित गरेको छ । यो जितपछि नयाँ सिजन आफ्नो उत्कृष्ट सुरुआतलाई कायम राख्दै लिग तालिकाको शीर्षमा उक्लेको छ ।

खेलको एक मात्र गोल थोमासनले ५२ औं मिनेटमा गरे र टिम सिजनको तेस्रो जित निकाल्न सफल रह्यो । यो जितपछि उसको चार खेलबाट दस अंक भएको छ र अहिलेसम्म अपराजित छ । रेनेसको पछाडि मोनाको रहेको छ र उसको प्रदर्शन शतप्रतिशत रहेको छ ।

यस्तोमा मोनाकासामु फेरि शीर्ष स्थान कब्जा गर्ने अवसर हुनेछ । हारले मार्से भने चार खेलबाट तीन अंकमै सीमित रह्यो र ११ औं स्थानमा रह्यो । अहिलेसम्म एकै जित मात्र निकाल्न सकेको मार्से यो हारपछि केही दबाबमा रहनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →